रातो जामा

एउटी केटीलाई रातो लुगा मनै पर्दैनथ्यो । तर उनकी आमाले रातो जामाकिनिदिनु हुन्छ। केटी मन नपराई नपराई लगाउँछिन । सबैले रामो छ भनी दिँदा उनलाई त्यही लुगा मन पर्न थाल्छ । चित्रः युवक श्रेष्ठप्रकाशकः मेला बुक्स, काठमाडौँपहिलो संस्करणः २०७०

हीरा र गोलु

हीरा र गोलु लुकामारी खेल्दैछन् । गोलु लुक्न पर पर जान्छ । उसको खुट्टा त हिलोमा गाडिन्छ । ऊ त्यहाँबाट उम्कन प्रयास गर्छ। हीराले मदत पनि गर्छ । बिचमा रमाइला घटना घट्छन् । ती घटनासँगै बालबालिका कथामा डुब्दै जान्छन् र रमाइलो मान्छन् । चित्रः उवहाङ लिम्बुप्रकाशकः मेला बुक्स, काठमाडौँपहिलो संस्करणः २०७९

नबोल्ने हो ?

५ वर्षकी समा आज मुख छोपेर स्कुल जाँदैछिन् । बाटोमा भेटिनेहरू उनलाई अनेक कुरा सोध्छन् । तर उनी कोहीसँग बोल्दिनन् । उनी किन नबोलेकी होलिन् त ? अन्त्यमा वास्तविक कुरा खुल्छ । चित्रः उज्ज्वल तामाङप्रकाशकः मेला बुक्स, काठमाडौँपहिलो संस्करणः २०७१

कपिल र गाजरको हलुवा

‘कपिल र गाजरको हलुवा’ शाश्वतद्वारा लिखित र कथालयद्वारा प्रकाशित चित्रकथाको पुस्तक हो । यो पुस्तक नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित छ । यसमा कपिल नाम गरेको बालकले गाजरको हलुवा खान गरेका प्रयासहरूलाई प्रस्तुत गरिएको छ । हलुवा बनाउन ल्याइएको गाजर खरायोले खाइदिए पनि बालक आक्राेशित हुँदैन । यसले धैर्य र सहनशीलताको गुण सिकाउँछ । अन्त्यमा … Read more

मेरो भोटो खै ?

‘मेरो भोटो खै ?’चित्रकथाकाे पुस्तक हो  ।  यसमा एउटा बालकले आफ्नो भोटो खोज्दै जाँदा पाठकलाई विभिन्न आकार र रङका अवधारणालाई पनि परिचित गराउँछ । अन्त्यमा बालकले भोटो त भेट्छ तर त्यो भोटो प्रयोग गर्न नमिल्ने हुन्छ । कथामा बालसुलभ जिज्ञासा, चञ्चलता र आमाको सहयोगी भावनालाई देखाइएकाे छ । चित्रः समित श्रेष्ठप्रकाशकः कथालय, काठमाडौँपहिलो संस्करणः २०६९

चस्मै चस्मा

‘चस्मै चस्मा’ जसमा सन् २०१४ मा रुम टु रिडबाट प्रकाशित शाश्वतको चित्रकथाको किताब हो । यसमा एउटा कक्षाका विद्यार्थीहरूले गरेको सिर्जनात्मक क्रियाकलापको प्रसङ्ग छ । सधैँ चस्मा हराइरहने शिक्षकलाई विद्यार्थी प्रतीकात्मक रुपमा कागजको चस्मा उपहार दिन्छन् । उनीहरूले बनाएका चस्माका आकार पनि विभिन्न किसिमका हुन्छन् । यस किताबले गोलो, तिनकुने, बाटुलोजस्ता आकारका अवधारणालाई पनि परिचित … Read more

तलमाथि

यो किताब तल र माथिको अवधारणा चिनाउने उद्देश्यले कम उमेर समूहका बालबालिकालाई लक्षित गरेर प्रकाशित गरिएको हो । यस किताबका चित्रहरू दीपक गौतमले तयार गरेका हुन् । चित्रः दीपक गौतमप्रकाशकः रूम टु रीड, काठमाडौँपहिलो संस्करणः २०७०

फुर्वा र साइकल

‘फुर्वा र साइकल’ शाश्वतद्वारा लिखित चित्रकथाको ठुलो-पुस्तक हो । ठूलो आकारमा प्रकाशित यस्ता किताबहरू प्रारम्भिक तहका बालबालिकालाई वणर् चिनारी गराउँदै उनीहरूको पठन प्रवाहको सिप विकासमा प्रयोग गरिन्छ । ‘फुर्वा र साइकल’मा एउटा बालकले आफ्ना बाबुसँग नसोधी बाबुको साइकल चढ्दा आइपरेको समस्यालाई कथामा बुनिएको छ । कथाको अन्त्यमा भने फुर्वा र उनका बाबु दुबै खुसी हुन्छन् … Read more

मलाई मन पर्छ

यस चित्रपुस्तकमा खरायाेलाइ दौडिन मन पर्छ, माछालाई पौडन मन पर्छ , मुजुरलाई नाच्न मन पर्छ, चिम्पान्जीलाई हाँस्न मन पर्छ र अन्त्यमा तिमीलाई के गर्न मन पर्छ नि ? भनेर सोधिएको छ । जनावरहरूलाई चिनाउँदै उनीहरूको आनीबानीसँग पनि परिचित गराउने काम यस किताबले गरेकाे छ । यो भर्खरै पढ्न सुरु गरेका बालबालिकालाई लक्षमा राखेर देखिएको पुस्तक … Read more

ज्ञानी कि उल्लु

दुई साना भालुहरू अनेक उपद्रो गर्छन् । काकाको पाइजामा लगाउँछन् । बजैको चस्मा लगाउँछन् । उनीहरू आफूलाई ज्ञानी र बुद्धिमान ठान्छन् । अनि के के हुन्छ त ? याे किताबमा यस्तै कुतुहलताले साना बालबालिकालाइ बाँधिराख्छ । धेरै उपद्राे गर्दाकाे परिणाम पनि बालबािलकााले जान्न सक्छन् ।  चित्रः सुमन महर्जनप्रकाशकः मेला बुक्स, काठमाडौँपहिलो संस्करण- २०७०