रातिकाे साथी

अनुज मध्य राति ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी तारालाई देख्छ । आफू पनि साथी खोज्न हिॅड्छ । उसले त्यति राति साथी भेट्ला त ? राति बिउँझेर रात्रीचर जनावर पक्षीलाइ भेट्दा एउटा बालकले गरेका रमाइलाे अनुभूतिकाे चित्रपुस्तक हाे याे । सवादमा अनुप्रास मिलेका कविताहरू पनि रहेकाे पाे किताकब कथावाचनका लागि समेत उपयुक्त … Read more

बिचराे बुख्चाचा नयाँ

बिचरो बुख्याचा शाश्वतको बहुचर्चित र अत्यधिक रुचाइएको चित्रपुस्तक हो । यो चित्रपुस्तक प्रकाशित हुनुपूर्व नै यसले बालसाहित्यको महत्वपूणर् पुरस्कार ‘पारिजात पाण्डुलिपि पुरस्कार-२०५९’ प्राप्त गरेको थियो । सुरूमा यसमा सुजन चित्रकारका निकै सुन्दर चित्रहरू रहेका थिए । बिचरो बुख्याचामा एक निर्जीव पात्रको कथालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । पात्रसँगै खुसी हुन र बालकका मनमा पात्रप्रति … Read more

कथा भन्ने खाट

मिलनका हजुरबा बितिसक्नु भयो । बाबाआमाले हजुरबाका सबै कुरा बेच्ने विचार गर्नुभएको छ । तर मिलनले हजुरबाको खाट भने बेच्न दिएनन् । त्यो खाटले कथा भन्छ रे नि त ! खाटले साँच्चै कसरी कथा भन्छ होला ?यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार … Read more

मिठो नमिठो

रुम टु रिडबाट २०७१ सालमा शाश्वतको चित्रकथाको पुस्तक ‘मिठो नमिठो’ प्रकाशित भएको हाे । यसमा घरको खाना नमिठो भन्दै बजारिया खानेकुरा खोज्न हिँडेकी मनिषा नाम गरेकी बालिकाको कथा छ । घरकै खानेकुरा मिठो र स्वस्थकर हुने अप्रत्यक्ष सन्देश पनि यस चित्रकथाले दिएको छ । चित्रः उज्वल थापा मगरप्रकाशकः रूम टर रीड, काठमाडौँपहिलो संस्करणः २०७६

हाम्राे घर

याे एक शब्दविहीन चित्रकथाकाे किताब हाे । निमा खोलाको बगरमा थिए । उनले बालुवाको घर बनाए । “आहा ! कति राम्रो घर बन्यो ।” निमा दङ्ग परे । एकैछिनमा खोला बढेर आयो । छालले बालुवाको घर बगायो ।निमा चउरमा गए । उनले बाक्ला कागजको घर बनाए । केही बेरमा हावा हुरी चल्यो । कागजको घर … Read more

खेला

बालबालिकाको पठन सिप बढाउन, मानसिक र बौद्धिक विकासका साथै उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सिकाइ सम्बद्ध सन्दर्भ सामग्रीहरूको महइभ्वपूणर् भूमिका हुन्छ । यस सन्दर्भ सामग्रीले बालबालिकालाई अध्ययनशील बनाउन एवम् पाठ्यपुस्तकमा भएका विषयवस्तु ग्रहण गर्नसमेत मदत गर्छ ।राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम कार्यान्वयन गर्ने व्रmममा यस चित्र पुस्तकको लेखन शाश्वत पराजुली र चित्राङ्कन उज्ज्वल तामाङबाट भएको हो … Read more

ढिकीच्याउँ

याे एक शब्दविहीन चित्रकथाकाे किताब हाे । “आहा ! यहाँ त ढिकीच्याउँ रहेछ । ढिकीच्याउँ खेल्न साथी खोज्नुपर्‍यो ।”, खरायोले भन्यो । ऊ साथी खोज्न गयो । उसले मुसो भेट्यो । मुसो ढिकीच्याउँको एकापट्टि बस्यो । खरायो अर्कापट्टि बस्यो । उनीहरूले ढिकीच्याउँको मजा लिन सकेनन् ।खरायोले कुकुरलाई बोलायो । कुकुर ढिकीच्याउँको एकापट्टि बस्यो । खरायो … Read more

साथीलाई कोसेली

‘साथीलाई कोसेली’ शाश्वतको २०७५ मा प्रकाशित एउटा रमाइलो चित्रकथाको किताब हो । यसमा जलचर प्राणीहरूको कथा छ । कुवामा बस्ने एउटा भ्यागुतो बजार जाने क्रममा उसले अरु जलचर साथीहरूलाई ‘बजारबाट के ल्याइदिऊँ ?’ भन्ने प्रश्नसँगै कथा अघि बढ्छ र रोचक घटना सँगै कथाको अन्त्य हुन्छ । प्रशस्त संवाद सहितको यो चित्र पुस्तक कथावाचनका लागि उपयुक्त … Read more

चङ्गा र बेलुन

‘चङ्गा र बेलुन’ खोजी प्रकाशनबाट प्रकाशित पुस्तक हो । यस चित्र पुस्तकमा दुई दिदी भाइको कथा छ । उनीहरू आमासँग बजार जान्छन् । दिदी ग्यास भरिएको बेलुन किन्छिन् । भाइ चङ्गा किन्छन् । एकैछिन खेलेपछि दिदीलाई भाइको चङगा मन मर्न थाल्छ । भाइ दिदिलाई चङगा उडाउन दिँदैन । यस्तो हुँदै अन्त्यमा दिदी भाइ फेरि मिल्छन् … Read more

हजुरआमाको कथा

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] ‘हजुरआमाको कथा’ शाश्वत पराजुलीको अर्को रुचाइएको चित्र पुस्तक हो । सधैं कथा भन्ने हजुरआमा एकदिन नबोल्दा बालकले जनाएको प्रतिक्रियासँगै कथानक अघि बढेको छ । हजुरआमा किन नबोल्नु भएको हो भन्ने कुतूहलता मेटिएपछि बालकको बालसुलभ अभिव्यक्ति प्रकट हुँदा कथामा हास्यपुट थपिन्छ र रोचक अन्त्य हुन्छ । चित्रः बन्दना तुलाचनप्रकाशकः … Read more