Shailee

लालमाेहन रसवरी

‘लालमोहन रसभरी’ शाश्ववतकाे २०६८ मा प्रकाशित बाल कविता सङ्ग्रह हाे ।  । ‘लालमोहन रसभरी’ बालकविता सङ्ग्रहमा छोटामिठा २७ वटा बालकविता सङ्गृहीत छन् । कवि शाश्वत पराजुली छोटो आकारमा गहिरोे भाव बोकेका बालकविता लेख्ने कवि हुन् । थोरै शब्दमा धेरै कुरा अटाउन उनी खप्पिस छन् । उनी बालपात्रलाई केन्द्रमा राख्दै उनीहरूका अनुभूतिलाई मसिन्याएर र उनीहरूका विचारलाई … Read more

नेपाली साथी

नेपाली साथी शाश्वतबाट सिर्जित भाषा व्याकरणकाे पुस्तक हाे । यसका १ देखि ५ सम्म गरी ५ भाग छन् । प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ पहिलो संस्करणः २०५६

शिल्पी

शिल्पी शाश्वतकाे गीति अल्बम हाे । यसलाइ म्युजिक नेपालले सन् २००३ मा  बजारमा ल्याएकाे हाे । यसमा शाश्वतले रचेका राजु सिंहले संगीत भरेका र विभिन्न गायकले गाएका ८ गीत रहेका छन् ।

बादलुले रङ फेर्दा

बादलुले रङ भर्दा शाश्वतका गीतहरूकाे सङ्ग्रह हाे । यसमा शाश्वतका ६८ गीतहरू रहेका छन् । प्रकाशकः साैजन्य प्रकाशन, काठमाडौँ पहिलो संस्करणः २०५९

रमाइलाे मेला सहलेखन

रमाइलाे मेला चित्रपुस्तक नागरिक शिक्षा प्रवर्द्धन समाजबाट प्रकाशित पुस्तक हाे । बालबालिकालाइ कथाका माध्यमबाट नागरिक शिक्षा दिने उद्देश्यले याे किताब प्नकाशनमा आएकाे हाे । शाश्वतलगायत अन्य लेखकहरूले लेखेकाे याे किताब २०६१ सालमा प्रकाशित भएकाे हाे । चित्रः सुजन चित्रकार र युवक श्रेष्ठ प्रकाशकः नागरिक शिक्षा प्रवर्द्धन समाज, काठमाडौँ पहिलो संस्करणः २०६१

वनभाेज सहलेखन

वनभाेज चित्रपुस्तक नागरिक शिक्षा प्रवर्द्धन समाजबाट प्रकाशित पुस्तक हाे । बालबालिकालाइ कथाका माध्यमबाट नागरिक शिक्षा दिने उद्देश्यले याे किताब प्नकाशनमा आएकाे हाे । शाश्वतलगायत अन्य लेखकहरूले लेखेकाे याे किताब २०६१ सालमा प्रकाशित भएकाे हाे । चित्रः सुजन चित्रकार र युवक श्रेष्ठ प्रकाशकः नागरिक शिक्षा प्रवर्द्धन समाज, काठमाडौँ पहिलो संस्करणः २०६१

जन्मदिन सहलेखन

जन्मदिन चित्रपुस्तक नागरिक शिक्षा प्रवर्द्धन समाजबाट प्रकाशित पुस्तक हाे । बालबालिकालाइ कथाका माध्यमबाट नागरिक शिक्षा दिने उद्देश्यले याे किताब प्नकाशनमा आएकाे हाे । शाश्वतलगायत अन्य लेखकहरूले लेखेकाे याे किताब २०६१ सालमा प्रकाशित भएकाे हाे ।  चित्रः सुजन चित्रकार र युवक श्रेष्ठप्रकाशकः नागरिक शिक्षा प्रवर्द्धन समाज, काठमाडौँपहिलो संस्करणः २०६१

आधा देशको राजकुमार

‘आधा देशको राजकुमार’ शाश्वतको चर्चित बाल उपन्यास हो यसलाई सन् २००४ मा रुम टु रिडले प्रकाशनमा ल्याएको हो । यस बाल उपन्यासमा मुकुल नाम गरेको एक बाल पात्र र एउटा फुच्चे जादुगरको कथा छ । जादुगरको कोमल मन, उनको सहयोगी भावनालाई प्रस्तुत गर्दै मुकुल र उसका साथीहरूको रोमाञ्चक यात्रालाई यस बाल उपन्यासले समेटेको छ । … Read more

न त मम न त बारा

समा र रमा नाम गरेका दुइ बालिका मम र बारा खाने इच्छा गर्छन् । उनीहरूलाई काका र मामाले पनि साथ दिन्छन् । उनीहरू पाटनतिर लाग्छन् । यसकाे कथा यसरी नै अगाडि बढ्छ । यसमा अ र आ मात्राकाे मात्र प्रयाेग गरेर कथा बुनिएकाे छ । भर्खर आफैँ पढ्न सुरू गरेका बालबालिकालाइ याे किताब निकै राइलाे … Read more

बुर्लुक्क उफ्रिदै मुसुक्क हाँस्दै

सानो भाइ दाजुको नक्कल गर्छ । उनीहरू अनेक क्रियाकलाप गर्छन् । अन्तमा दुवै लड्छन् । त्यसपछि रहस्य खुल्छ । भर्खर छोटा-छोटा वाक्य पढ्न सक्ने बालबालिकालाई लक्ष्यमा राखेर लेखिएको यस किताबमा बालमनोविज्ञानलाई रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । चित्रः सुजन चित्रकारप्रकाशकः मेला बुक्स, काठमाडौँपहिलो संस्करण- २०६८