Rhymes Books

लालमाेहन रसवरी

‘लालमोहन रसभरी’ शाश्ववतकाे २०६८ मा प्रकाशित बाल कविता सङ्ग्रह हाे ।  । ‘लालमोहन रसभरी’ बालकविता सङ्ग्रहमा छोटामिठा २७ वटा बालकविता सङ्गृहीत छन् । कवि शाश्वत पराजुली छोटो आकारमा गहिरोे भाव बोकेका बालकविता लेख्ने कवि हुन् । थोरै शब्दमा धेरै कुरा अटाउन उनी खप्पिस छन् । उनी बालपात्रलाई केन्द्रमा राख्दै उनीहरूका अनुभूतिलाई मसिन्याएर र उनीहरूका विचारलाई … Read more

नेपाली साथी

नेपाली साथी शाश्वतबाट सिर्जित भाषा व्याकरणकाे पुस्तक हाे । यसका १ देखि ५ सम्म गरी ५ भाग छन् । प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ पहिलो संस्करणः २०५६

शिल्पी

शिल्पी शाश्वतकाे गीति अल्बम हाे । यसलाइ म्युजिक नेपालले सन् २००३ मा  बजारमा ल्याएकाे हाे । यसमा शाश्वतले रचेका राजु सिंहले संगीत भरेका र विभिन्न गायकले गाएका ८ गीत रहेका छन् ।

बादलुले रङ फेर्दा

बादलुले रङ भर्दा शाश्वतका गीतहरूकाे सङ्ग्रह हाे । यसमा शाश्वतका ६८ गीतहरू रहेका छन् । प्रकाशकः साैजन्य प्रकाशन, काठमाडौँ पहिलो संस्करणः २०५९

आधा देशको राजकुमार

‘आधा देशको राजकुमार’ शाश्वतको चर्चित बाल उपन्यास हो यसलाई सन् २००४ मा रुम टु रिडले प्रकाशनमा ल्याएको हो । यस बाल उपन्यासमा मुकुल नाम गरेको एक बाल पात्र र एउटा फुच्चे जादुगरको कथा छ । जादुगरको कोमल मन, उनको सहयोगी भावनालाई प्रस्तुत गर्दै मुकुल र उसका साथीहरूको रोमाञ्चक यात्रालाई यस बाल उपन्यासले समेटेको छ । … Read more