गोपीको टोपी

यो चित्र पुस्तकमा कवितात्मक शैलीमा नेपालमा प्रयोग हुने थरीथरीका टोपीहरूलाई चिनाइएको छ । गोपीको टोपी रुम टु रीडका प्रकाशनहरू मध्ये निकै लोकप्रिय किताब भएको सर्वेक्षणले बताएको छ ।

चित्रः टेकवीर मुखिया
प्रकाशक- रुम टु रीड, काठमाडौँ
पहिलो संस्करण- सन् २००३

समीक्षा

“एउटै कवितालाई पुस्तकाकार रूप दिइएको ‘गोपीको टोपी’ पुस्तकमा उनले उमेर, नाता, धर्म, पेसा, पद, मौसम, परिवेश, ठाउँ, इतिहास, भूगोल, संस्कृतिका आधारमा मानिसले अलग-अलग टोपी लगाउने गरेको प्रसङ्ग जोड्दै गोपी नामक बालपात्रले नेपाली ढाका टोपी लगाउने रहर गरेको कुरा उल्लेख गरिएको छ र ढाका टोपीमा नेपाली राष्ट्रियता झल्किने कुरालाई कविले अघि सारेका छन् ।

रमेशचन्द्र घिमिरे, कवि शाश्वत पराजुलीका प्रतिनिधि बालकविताको विश्लेषण, साहित्यपाेष्ट

\"\"

यस चित्रपुस्तकले विभिन्न किसिमका टोपीबारे जानकारी दिन्छ । मान्छेको उमेर, काम, ठाउँ र चलनअनुसार थरिथरिका टोपीहरू हुन्छन् भन्ने ज्ञान दिने प्रस्तुत पुस्तकले जस्तोसुकै टोपी लगाए पनि आखिर हामी नेपाली नै हौं भन्ने सन्देश दिन्छ। पुस्तक रोचक र मनोरञ्जनपूणर् छ ।

– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश

Leave a Comment