\’भकुल्लेको साथी को ?\’ साथी नभेटेर चङ्गा उडाउन नपाएको एउटा फोहोरी सुँगुरको कथा हो । आफ्नो सफाइ आफैँ नगर्नेलाई कसैले रुचाउँदैन । पछि भने फोहोरी सुँगुर साथीको मदतले सफा हुन्छ र सबै उसलाई साथी बनाउन राजी हुन्छन् । बालबालिकालाई सफा हुन प्रेरित गर्ने यो एउटा सुन्दर चित्रकथाको पुस्तक हो ।
चित्रहः उज्वलकुन्दन ज्यापू
प्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौं,
पहिलो संस्करण-२०६०
समीक्षा
सरसफाइप्रति सचेत बनाउने उद्देश्यले लेखिएको यो कथा रोचक छ । कथामा पशुपक्षीहरू पात्र छन् र तिनको वास्तविक नाम नदिइकनै भकुल्ले, च्यान्टे, सेते, अगोरे, सुरी र पुन्टेजस्ता रोचक नामबाट तिनलाई चिनाइएको छ । सन्देशमूलक यो मनोरञ्जनपूणर् पनि छ । पुस्तक ६ देखि ९ वर्ष उमेरसमूहका लागि आफैँ पढ्न र ३ देखि ५ वर्ष उमेरसमूहका लागि पढेर सुनाउन उपयुक्त हुने गरी लेखिएको छ ।
– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश


