दङ्ग फुरुङ्ग

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”]

‘दङ्ग फुरुङ्ग’ पनि जनावर पात्रकै कथा हो । यस चित्रकथामा मुसाका एक जोडी बालबालिकालाई रमाइलो संसारमा विचरण गराउँछन् । मुसाहरू खानेकुरा खोजीमा भौँतारिन्छन् । खानेकुरा भेट्दा दङ्ग फुरुङ्ग पर्छन् तर खान नपाउँदा जिल्ल पर्छन् । अन्तमा भने उनीहरु थुप्रै खानेकुरा भेट्छन् र खुसी मनाउँछन् ।

चित्रः सुजन चित्रकार
प्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँ
पहिलो संस्करण-२०६०

समीक्षा

यो चित्रकथाले आपसमा बाँडीचुँडी खानुको आनन्द बेग्लै छ भन्ने देखाएको छ । कथा सरल र सहज रूपमा अघि बढेको छ र बालबालिकालाई मनोरञ्जन दिन सफल छ । कथामा मुसालाई पात्र बनाइएको छ । यो पुस्तक ६ देखि ९ वर्ष उमेरसमूहका लागि आफैँ पढ्न र ३ देखि ५ वर्ष उमेरसमूहका लागि पढेर सुनाउन उपयुक्त हुने गरी लेखिएको छ ।

– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]

Leave a Comment