मानव र मानवेतर पात्रहरूको सघन उपस्थिति र उनीहरूका चाखलाग्दा क्रियाकलापले नयाँ स्वादका कथाहरू सिर्जना भएका छन्- गुइँठे र गुलेली’मा । कथा पढेर बालबालिका रमाइलो अनुभव गर्नेछन्
बालकथासङ्ग्रह ‘गुइँठे र गुलेली’ मेला बुक्सबाट २०६९ मा प्रकाशित हो । नानीशोभा नर्सरी, बिनु र रणमत्त महाचील, माटोसँग मिलेर तथा गुइँठे र गुलेली यसमा भएका कथा हुन् ।
चित्रः उत्तम नेपाल
प्रकाशक- मेला बुक्स, काठमाडौँ
पहिलो संस्करणः २०६९