सोहन र सर्कस

‘सोहन र सर्कस’ साझा प्रकाशनबाट प्रकाशित शाश्वतको बालकथासङ्ग्रह हो। यस सङ्ग्रहमा सात वटा छोटामीठा बालकथाहरू रहेका छन् । सोहन र सर्कस, चराको गीत, पिन्टु र शङ्ख, मुना र मोबाइल फोन, चाँैरी गोठालो, अमोघको गाउँयात्रा र ढुङ्गेधारा यसमा भएका बालकथाहरू हुन् 

चित्रः सङ्गी श्रेष्ठ
प्रकाशक- साझा प्रकाशन, काठमाडौँ
पहिलो संस्करणः २०६४

 “लाटोकोसेरोलाई लड्डु’मा तथा ‘सोहन र सर्कस’मा शाश्वत पराजुलीका कथाहरू साना हुँदाहुँदै पनि गहिरा, सरल हुँदाहुँदै पनि महत्वपूणर् र मनोरञ्जनपूणर् हुँदाहुँदै पनि ज्ञानमूलक भएकाले यी सबै बालरुचिअनुकूल हुन पुगेका छन् तथापि हीराको टुक्राका कथाहरूभन्दा पछिल्ला सङ्ग्रहका कथाहरू प्रौढ लाग्दछन् । हीराको टुक्राभित्रका परीक्षा कथा पौराणिक विषयका आधारमा लेखिएको भए पनि अन्य कथाहरू र पछिल्ला दुवै सङ्ग्रहका कथाहरूले उनको मौलिक कथा सिर्जना गर्ने रुचिलाई प्रस्तुत गरेका छन् । थोरै र बालपात्रपात्रा, स्पष्ट कथानक र सरल प्रस्तुति उनका बालकथाका विशेषता हुन् । उनी पछिल्ला सङ्ग्रहसम्म आइपुग्दा परम्परागत विषयभन्दा अलि बेग्लै खालका कथाहरूको सिर्जनामा रुचि लिन थालेको आभास हुन्छ, यो सुखद् कुरा हो । उनको हीराको टुक्राको २०५८ मा प्रकाशित तेस्रो संस्करणमा भने पूर्व संस्करणमा रहेको मकैको रोटी शीर्षकको कथालाई झिकेर साधुको थाल र दिनेश दाइ र दसैँ दुई कथा थपिएका छन् ।”

प्रमोद प्रधान, नेपाली बालसाहित्यको इतिहास

Leave a Comment