हामी आफूलाई मन नपरेको कुरामा ‘हस्’ भन्दैनौँ । ‘नाइँ’ भन्छौँ । रूपा पनि नाइँ भनिरहन्छिन् । उनी के सधैँ नाइँ भनिरहन्छिन् त ?
‘नाइँ’ शाश्वतद्वारा लिखित र परिचय प्रकाशनबाट २०७८ मा प्रकाशित अर्को चित्रकथाको पुस्तक हो यसमा बालबालिकाको आनीबानीलाई प्रस्तुत गरिएको छ । सुरुमा मन नपरेका कतिपय कुराहरू रस बसेपछि बालबालिका बिस्तारै मन पराउन थाल्ने प्रसङ्ग यस चित्रकथामा प्रस्तुत गरिएको छ । हरेक घरघरमा किताब र किताब राख्ने दराज हुनुपर्ने अप्रत्यक्ष सन्देश पनि यस चित्रकथाले प्रवाहित गर्छ । साथै किताबको संसारमा पाइने स्वैर परिकल्पनाले बालबालिकाको मन कसरी जित्छ भन्ने कुरा पनि यस चित्रकथामा देखाइएकोे छ । यसमा चित्रहरू प्रोमिना श्रेष्ठले बनाएकी हुन् ।
चित्रः प्राेमिना श्रेष्ठ
प्रकाशकः परिचय प्रकाशन, काठमाडौँ
पहिलो संस्करणः २०७८