हाम्राे घर

याे एक शब्दविहीन चित्रकथाकाे किताब हाे ।

निमा खोलाको बगरमा थिए । उनले बालुवाको घर बनाए । “आहा ! कति राम्रो घर बन्यो ।” निमा दङ्ग परे । एकैछिनमा खोला बढेर आयो । छालले बालुवाको घर बगायो ।
निमा चउरमा गए । उनले बाक्ला कागजको घर बनाए । केही बेरमा हावा हुरी चल्यो । कागजको घर उडायो ।
निमा घरभित्रै थिए । उनले बाहिर फुरुरु हिउँ परेको देखे । उनी बाहिर आए । उनले हिउँको घर बनाए । एकैछिनमा घाम लाग्यो हिउँको घर त पग्लियो ।
निमाले चराको गुँड हेरे । कमिलाको दुलो हेरे । गाईको गोठ हेरे । खरायोको दुला पनि हेरे । अन्तमा आफ्नै घर पनि हेरे ।
‘म पनि बलियो घर बनाउँछु ।’, निमाले सोचे । निमा र उनकी बहिनी मिलेर हाँगा र सिटा जम्मा गरे । उनीहरूले तिनलाई जमिनमा गाडे । बाँसका भाटा चिरेर गारो र छानो बनाए । चिटिक्कको खेल्ने घर बन्यो । दुवै खुसी भए ।

चित्रः साेनाम तामाङ
प्रकाशकः पाठ्यक्रम विकास केन्द्र, भक्तपुर
पहिलो संस्करणः २०७९

Leave a Comment