साथीलाई कोसेली

‘साथीलाई कोसेली’ शाश्वतको २०७५ मा प्रकाशित एउटा रमाइलो चित्रकथाको किताब हो । यसमा जलचर प्राणीहरूको कथा छ । कुवामा बस्ने एउटा भ्यागुतो बजार जाने क्रममा उसले अरु जलचर साथीहरूलाई ‘बजारबाट के ल्याइदिऊँ ?’ भन्ने प्रश्नसँगै कथा अघि बढ्छ र रोचक घटना सँगै कथाको अन्त्य हुन्छ । प्रशस्त संवाद सहितको यो चित्र पुस्तक कथावाचनका लागि उपयुक्त देखिन्छ । यस चित्रकथाका सुन्दर चित्रहरू उज्ज्वल तामाङले बनाएका हुन् ।

चित्रः उज्ज्वल तामाङ
प्रकाशकः परिचय प्रकाशन, काठमाडौँ
पहिलो संस्करणः २०७५

Leave a Comment