‘चस्मै चस्मा’ जसमा सन् २०१४ मा रुम टु रिडबाट प्रकाशित शाश्वतको चित्रकथाको किताब हो । यसमा एउटा कक्षाका विद्यार्थीहरूले गरेको सिर्जनात्मक क्रियाकलापको प्रसङ्ग छ । सधैँ चस्मा हराइरहने शिक्षकलाई विद्यार्थी प्रतीकात्मक रुपमा कागजको चस्मा उपहार दिन्छन् । उनीहरूले बनाएका चस्माका आकार पनि विभिन्न किसिमका हुन्छन् । यस किताबले गोलो, तिनकुने, बाटुलोजस्ता आकारका अवधारणालाई पनि परिचित गराउने काेसिस गरेको छ । ‘चस्मै चस्मा’ पछि पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित भएर हजारौं बालबालिकाको हातमा पुगेको किताब हाे ।
चित्रः बन्दना तुलाचन
प्रकाशकः रूम टु रीड, काठमाडौँ
पहिलो संस्करणः २०७०


