घैँटाे र घन्टी

‘घैँटो र घन्टी’ २०७८ सालमा प्रकाशित शाश्वतको चित्रकथा किताब हाे  । यो परिचय प्रकाशनबाट प्रकाशित भएकाे हो  । यसमा विवेक लामाका सुन्दर चित्रहरू रहेका छन् । यो कवितामा बुनिएको कथा हो । यस चित्रकथामा दश पाइला चाल्दाको छोटो समयावधिभित्र एउटा सुन्दर र कुतूहलपूणर् कथा रचिएको छ ‘घैँटो फुटाइ’ खेलको प्रसङ्ग यसको कथामा आएको छ । कुनै चुनौतीमा देखा पर्ने एउटी बालिकाको मनको चञ्चलता, द्विविधा र अठोटलाई पनि यस चित्रकथामा प्रष्ट पारिएको छ । अन्त्यमा रमाइलोसँग कथाको अन्त्य हुन्छ । अनुप्रासयुक्त पङ्क्तिहरूमा रचित यस चित्रकथाले पहिलो, दोस्रो, तेस्रो जस्ता सङ्ख्यात्मक क्रमको अवधारणालाई पनि प्रस्तुत गरेको छ । प्रारम्भिक तहका बालबालिकाका लागि ‘घैँटो र घन्टी’ उपयुक्त चित्रपुस्तक हाे ।

चित्रः विवेक लामा
प्रकाशकः परिचय प्रकाशन, काठमाडौँ
पहिलो संस्करणः २०७८

Leave a Comment