याे एक शब्दविहीन चित्रकथाकाे किताब हाे ।
“आहा ! यहाँ त ढिकीच्याउँ रहेछ । ढिकीच्याउँ खेल्न साथी खोज्नुपर्यो ।”, खरायोले भन्यो । ऊ साथी खोज्न गयो । उसले मुसो भेट्यो । मुसो ढिकीच्याउँको एकापट्टि बस्यो । खरायो अर्कापट्टि बस्यो । उनीहरूले ढिकीच्याउँको मजा लिन सकेनन् ।
खरायोले कुकुरलाई बोलायो । कुकुर ढिकीच्याउँको एकापट्टि बस्यो । खरायो अर्कापट्टि बस्यो । उनीहरूले पनि ढिकीच्याउँको मजा लिन सकेनन् । खरायोले पाठोलाई ढिकीच्याउँ खेल्न बोलायो । पाठो ढिकीच्याउँको एकछेऊ तिर बस्यो । खरायो अर्कोछेऊ तिर बस्यो । उनीहरूले पनि ढिकीच्याउँको मजा लिन सकेनन् । खरायोले छेपारोलाई बोलायो । छेपारो ढिकीच्याउँको एकापट्टि बस्यो । खरायो अर्कापट्टि बस्यो । उनीहरूले पनि ढिकीच्याउँको मजा लिन सकेनन् ।
खरायोले भेडालाई बोलायो । भेडा ढिकीच्याउँको एकापट्टि बस्यो । खरायो अर्कापट्टि बस्यो । उनीहरूले पनि ढिकीच्याउँको मजा लिन सकेनन् । भेडाको तौल बढी भएकाले खरायो त उछिट्टयो नै ।
खरायोले बिरालोलाई बोलायो । बिरालो ढिकीच्याउँको एकापट्टि बस्यो । खरायो अर्कापट्टि बस्यो । उनीहरूले भने ढिकीच्याउँको मजा लिए । किनभने उनीहरूको तौल उस्तै उस्तै थियो ।
चित्रः समित श्रेष्ठ
प्रकाशकः पाठ्यक्रम विकास केन्द्र, भक्तपुर
पहिलो संस्करणः २०७९


