मह बेच्ने भालु एकैपटक नेपाली, अङ्ग्रेजी, नेपाली भाषा र मैथिली गरी चार भाषामा प्रकाशित भएको चित्रपुस्तक हो । एउटा भालुलाई एकदिन सञ्चो हुँदैन । ऊ मह बेच्न जान सक्दैन । उसको छोरो मह बेच्न हिँड्छ । मह सबै चाहन्छन् तर कसैसँग पनि पैसा हुँदैन । सबै कुनै वस्तु दिएर मह साट्छन् । ती वस्तु निकै उपयोगीसिद्ध हुन्छ ।
कथावाचनलाई समेत ध्यान दिएर यो पुस्तक लेखिएो हो । यस किताबमा संवाद र खाास शब्दावलीहरूको आवृृत्ति निकै रहेका छन् । हाउभाउका साथ पात्रको आवाज नक्कल गर्दै कथावाचन गर्न यो पुस्तक उपयोगी छ ।
‘मह बेच्ने भालु’ नेपाल बालसाहित्य समाजबाट ‘उत्कृष्ट बालपुस्तक पुरस्कार’ बिजेता कृति हो ।
चित्रः समित श्रेष्ठ
प्रकाशकः कथालय, काठमाडौँ
पहिलो संस्करणः २०७०


