Story Books

बुइँगलकाे भूत

आमाबा बुइँगलमा भूत छ भन्नुहुन्छ । एउटा सानाे केटाेलाइ लाग्छ, भूत कस्तो होला ? भूतले के खान्छ होला ? उ एकदिन आमाबाकाे आँखा छलेर भूत हेर्न बुइँगल पुग्छ । कुतूहता र बालसुलभ जिज्ञासाले भरिएकाे याे किताब कथावाचनका लागि समेत उपयुक्त छ । चित्रः अर्पिता शाक्यप्रकाशकः साङ्ग्रिला बुक्स, काठमाडौँपहिलो संस्करणः २०७९

गुइँठे र गुलेली

मानव र मानवेतर पात्रहरूको सघन उपस्थिति र उनीहरूका चाखलाग्दा क्रियाकलापले नयाँ स्वादका कथाहरू सिर्जना भएका छन्- गुइँठे र गुलेली’मा । कथा पढेर बालबालिका रमाइलो अनुभव गर्नेछन् बालकथासङ्ग्रह ‘गुइँठे र गुलेली’ मेला बुक्सबाट २०६९ मा प्रकाशित हो । नानीशोभा नर्सरी, बिनु र रणमत्त महाचील, माटोसँग मिलेर तथा गुइँठे र गुलेली यसमा भएका कथा हुन् । चित्रः … Read more

छाता र वर्षादी

‘छाता र वर्षादी’ नामक बालकथा सङ्ग्रहमा सबैको फरकफरक महत्व र विशेषता हुने गर्दछन् भन्ने ज्ञान दिने प्रकारका चारवटा रमाइला कथाहरू संग्रहित छन् । रोचक कथानक बुनेर तयार गरिएका यी रमाइला र ज्ञानवर्द्धक कथाहरू पढेर बालबालिका एउटा रमाइलो संसारमा पुगेको अनुभूत गर्छन् । चित्रः श्रद्धा श्रेष्ठप्रकाशक- मेला बुक्स, काठमाडौँपहिलो संस्करणः २०६४

सोहन र सर्कस

‘सोहन र सर्कस’ साझा प्रकाशनबाट प्रकाशित शाश्वतको बालकथासङ्ग्रह हो। यस सङ्ग्रहमा सात वटा छोटामीठा बालकथाहरू रहेका छन् । सोहन र सर्कस, चराको गीत, पिन्टु र शङ्ख, मुना र मोबाइल फोन, चाँैरी गोठालो, अमोघको गाउँयात्रा र ढुङ्गेधारा यसमा भएका बालकथाहरू हुन्  चित्रः सङ्गी श्रेष्ठप्रकाशक- साझा प्रकाशन, काठमाडौँपहिलो संस्करणः २०६४  “लाटोकोसेरोलाई लड्डु’मा तथा ‘सोहन र सर्कस’मा शाश्वत … Read more

लाटोकोसेरोलाई लड्डु

लाटोकोसेरोलाई लड्डु २०५८ मा प्रकाशित कथासङ्ग्रह हो । यसमा लाटोकोसेरोलाई लड्डु, आँप चाख्न खोज्दा, प्ले कार्ड, तिलको लड्डु, बाँसबारी जुत्ता र फागु कथा सङग्रृहीत छन् । चित्रः सुनिल थापाप्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँपहिलो संस्करणः २०५८

अनुहारको चित्र

अनुहारको चित्र २०५४ सालमा प्रकाशित भएको कथासङ्ग्रह हो । अनुहारको चित्रमा अनुहारको चित्र, ममताको रहर, पैसाको उपयोग, मनोहर, मिहिनेत शीर्षकका कथा रहेका छन् । यसमा सूर्य नारायण श्रेष्ठका चित्र रहेका छन् । चित्रः सूर्य नारायण श्रेष्ठप्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँपहिलो संस्करणः २०५४

हीराको टुक्रा

[et_pb_section admin_label=\”section\”] [et_pb_row admin_label=\”row\”] [et_pb_column type=\”4_4\”][et_pb_text admin_label=\”Text\”] ‘हीराको टुक्रा’ शाश्वतको पहिलो बालकथा सङ्ग्रह हो । यसको प्रकाशन २०४४ सालमा भएको हो । हीराको टुक्रामा पाँच कथा सङ्गृहीत छन् । हीराको टुक्रा, मीठो खानेकुरा, मकैको रोटी, परीक्षा र तीन उपदेश यसभित्रका कथाहरू हुन् । चित्रः टेकवीर मुखियाप्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँपहिलो संस्करणः २०४४ [/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]