‘चङ्गा र बेलुन’ खोजी प्रकाशनबाट प्रकाशित पुस्तक हो । यस चित्र पुस्तकमा दुई दिदी भाइको कथा छ । उनीहरू आमासँग बजार जान्छन् । दिदी ग्यास भरिएको बेलुन किन्छिन् । भाइ चङ्गा किन्छन् । एकैछिन खेलेपछि दिदीलाई भाइको चङगा मन मर्न थाल्छ । भाइ दिदिलाई चङगा उडाउन दिँदैन । यस्तो हुँदै अन्त्यमा दिदी भाइ फेरि मिल्छन् । प्रस्तुत चित्रकथाले बालसुलभ जिज्ञासा, चञ्चलता र मिलनसारितालाई प्रस्तुत गरेको छ ।
चित्रः रमेश डंगोल
प्रकाशकः खाेजी प्रकाशन, काठमाडौँ
पहिलो संस्करणः २०७२


