फुर्वा र साइकल

‘फुर्वा र साइकल’ शाश्वतद्वारा लिखित चित्रकथाको ठुलो-पुस्तक हो । ठूलो आकारमा प्रकाशित यस्ता किताबहरू प्रारम्भिक तहका बालबालिकालाई वणर् चिनारी गराउँदै उनीहरूको पठन प्रवाहको सिप विकासमा प्रयोग गरिन्छ । ‘फुर्वा र साइकल’मा एउटा बालकले आफ्ना बाबुसँग नसोधी बाबुको साइकल चढ्दा आइपरेको समस्यालाई कथामा बुनिएको छ । कथाको अन्त्यमा भने फुर्वा र उनका बाबु दुबै खुसी हुन्छन् । यस किताबको चित्र राजुबाबु शाक्य ‘सारव’ ले बनाएका हुन् । यसलाई रुम टु रिडले २०७० सालमा प्रकाशित गरेको हो ।

चित्रः राजुबाबु शाक्य ‘सारव’
प्रकाशकः रूम टु रीड, काठमाडौँ
पहिलो संस्करणः २०७०

Leave a Comment