मलाई मन पर्छ

यस चित्रपुस्तकमा खरायाेलाइ दौडिन मन पर्छ, माछालाई पौडन मन पर्छ , मुजुरलाई नाच्न मन पर्छ, चिम्पान्जीलाई हाँस्न मन पर्छ र अन्त्यमा तिमीलाई के गर्न मन पर्छ नि ? भनेर सोधिएको छ । जनावरहरूलाई चिनाउँदै उनीहरूको आनीबानीसँग पनि परिचित गराउने काम यस किताबले गरेकाे छ । यो भर्खरै पढ्न सुरु गरेका बालबालिकालाई लक्षमा राखेर देखिएको पुस्तक हो ।

चित्रः भावना तुलाचन
प्रकाशकः मेला बुक्स, काठमाडौँ
पहिलो संस्करण- २०७०

 

 

Leave a Comment