लेकमा के के छ

यस  चित्रकथामाा  एक बालक पासाङ नाम गरेका लेकका दाइसँग कवितात्मक संवाद सुरु गर्छन् । पासाङ दाइले उनको जिज्ञासा रमाइलोसँग मेटिदिएका छन् ।

“लेकमा के के छ ? किताबमा कुनै एक बालपात्रले हिमाली भेकका एक जना बासिन्दासँग हिमाली भूभागमा पाइने कुराको बारेमा जिज्ञासा राखेपछि उनले उक्त बालकलाई हिमालमा बाह्रै महिना पर्ने हिउँ, चौँरी गाई, डाँफे चरी, जिउभरि ऊन भएका भेडा, सानासाना थुम्का र गुम्बाहरू, भारी बोक्ने खच्चड, पर्वतारोही, राताराता गाला भएका बाबुनानी लगायतका सबै कुराको बारेमा जानकारी गराएका छन् । (रमेशचन्द्र घिमिरे, कवि शाश्वत पराजुलीका प्रतिनिधि बालकविताको विश्लेषण)”

चित्रः कीर्तिकाैशल जाेशी
प्रकाशकः रूम टु रीड, काठमाडौँ
पहिलो संस्करणः २०६८

Leave a Comment