म आफैं गर्न सक्छु

‘म आफैं गर्न सक्छु’ शाश्वतद्वारा लिखित र रुम टु रीडबाट प्रकाशित अर्को चित्र पुस्तक हो । पुस्तकमा चित्रको सट्टा वास्तविक तस्वीरको प्रयोग गरिएको छ । यसमा कम उमेर समूहका बालबालिकालाई आफूले गर्न सक्ने काम आफैँ गर्न प्रेरित गर्ने अप्रत्यक्ष सन्देश दिएको छ । आफूजस्तै बालबालिका विभिन्न क्रियाकलापमा सरिक हुँदा बालपाठकहरू रमाइलो मान्छन् ।

तस्बिरः राजभाइ सुवाल
प्रकाशक- रुम टु रीड, काठमाडौँ
पहिलो संस्करण- २०६२

समीक्षा

\"\"

यस पुस्तकले बालंबालिकालाई सानातिना हल्का कामहरू आफैँ गर्नुपर्छ भन्ने शिक्षा र उत्प्रेरणा दुवै दिन्छ । प्रकाशकीयमा भनिएको छ- “यस किताबमा सात-आठ वर्षका भाइबहिनीहरूले गर्न सक्ने हल्का कामहरूका केही नमुना दिइएका छन् ।… आफ्नो काम आफैँले गर्न सकिन्छ र गर्नुपर्छ तथा आफूले सक्ने सानातिना कामहरू गरिदिएर परिवारलाई सघाउन पनि सकिन्छ भन्ने भावना जगाउन र आत्मविश्वास बढाउन हामीले यो किताब प्रकाशित गरेका हौं ।”

– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश

Leave a Comment