सुरीको साइकल

सुरीको साइकल पुरानो घरको भरेङमुनि बस्ने बिरालोको कथा हो । उसलाई मान्छेले जस्तै साइकल चढ्न मन लाग्छ । ऊ कल्पनामा साइकल चढ्छ र रमाउँछ । तर यथार्थ अर्कै हुन्छ । बालबालिकालाई कथाको संसारमा विचरण गराउन यो चित्रकथा सक्षम छ । बालबालिकाले रुचाएकैले हुनुपर्छ यसका थुप्रै संस्करणहरु निस्केका छन् । यसकाे नयाँ संस्करणकाे स्वरूप यस्ताे छः

\"\"

चित्रः सुजन चित्रकार
प्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँ
पहिलो संस्करण-२०६०

समीक्षा

यस चित्रकथामा बिरालोले सपनामा साइकल चलाएको विषयलाई मनोरञ्जनपूणर् तरिकाले प्रस्तुत गरिएको छ । चित्रकथामा छोटा र सरल वाक्य छन् । यो चित्रकथा ६ देखि ९ वर्ष उमेरसमूहका लागि आफैँ पढ्न र ३ देखि ५ वर्ष उमेरसमूहका लागि पढेर सुनाउन हुने गरी लेखिएको छ ।

– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश

Leave a Comment