हिँउकान्छा हिउँचितुवाको कथा हो । चितुवा सानै छ । उसले बाहिरको संचार देखेकै छैन । ऊ आफ्नी आमासँग हिमालको फेदीमा रहेको एउटा गुफामा बस्छ । आमा सिकार खोज्न बाहिर जान्छिन् । सानो चितुवालाई पनि बाहिर जाने मन त छ तर उ सानै भउकाले आमाले लाँदिनन् । एकदिन उ भागेर बाहिर निस्कन्छ । बाहिर उसले अनेक बाधा व्यवधानहरू झेल्नुपर्छ । यात्रा त रोमाञ्चक हुन्छ तर उसलाई थुप्रै समस्या आइपर्छन् । अन्तमा उसलाई आमाले भेटेर गुफामा ल्याउँछिन् । यो पुस्तकमा फरक वातावरणमा एउटा बालकले गर्ने अनुभूतिका झिल्कालाई प्रस्तुत गर्ने काेशिस गरिएकाे छ।
चित्रः शान्ता हिताङ
प्रकाशक- रत्न पुस्तक भण्डार, काठमाडौँ
पहिलो संस्करण-२०६०
समीक्षा
यो कथाले ठूलाबडाले भनेको मान्नुपर्छ भन्ने सन्देश दिन्छ । कथामा आमाले भनेको नमान्दा बच्चा हिउँचितुवाले पाएको दुःखलाई चित्रकथाका माध्यमबाट देखाइएको छ । विषयका दृष्टिले उपयोगी र प्रस्तुतिका दृष्टिले रोचक यो चित्रकथा यो चित्रकथा ९ देखि १२ वर्ष उमेरसमूहका लागि आफैँ पढ्न र ६ देखि ९ वर्ष उमेरसमूहका लागि पढेर सुनाउन हुने गरी लेखिएको छ ।
– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश


